हिमाली आवाज । पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको तेस्रो संस्करणको सिम्पानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।
पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसरमा (भाइटिकाको अघिल्लो दिन) आयोजित विविध सांस्कृतिक साँझबाट ७ लाख संकलन भएको क्लबका सहसचिव तथा कार्यक्रम संयोजक प्रविण सुवेदीले जानकारी दिनुभयो ।
सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारहरुले विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरेका थिए । भने, क्रिस्टल क्लजले विविध आइटन डान्सहरु प्रस्तुत गरेको थिए । ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डले लाइभ कन्सन्ट गरेको थियो ।
‘यो वर्षको कार्यक्रमबाट करिब ७ लाख संकलन भएको छ । यसको पूणर् रुपमा सदुपयोग हुन्छ, सुवेदीले भन्नुभयो,‘तेस्रो संस्करणसम्म आउँदा राम्रै तरिकाले अवतरण गरेका छौं । यो वर्ष नौलो विहानीको समूहलाईसमेत स्टेज दिएका थियौं । रामै्र प्रस्तुती दिनुभयो । आगामी वर्ष थप पृथक तरिकाको कार्यक्रम गर्ने योजना बनाएका छौं ।’
नौलो विहानी संस्थाले तेस्रो लिङ्गीहरुको हित र अधिकारका लागि काम गर्ने भएकाले यो वर्ष स्टेज दिएको बताउनुभयो । ‘नौलो विहानी तेस्रो लिङ्गीहरुका लागि काम गर्ने संस्था हो । उनीहरुको हक अधिकारको लागि काम गर्ने संस्था भएकाले सकरात्मक सन्देश जान्छ भन्ने हेतुले यो वर्ष उहाँहरुलाई पनि बोलाएका हौं ।’ सुवेदीले भन्नुभयो ।
कार्यक्रम संयोजक सुवेदीले उक्त कार्यक्रमबाट बचत भएको मध्ये केही रकम सामाजिक कार्यमा खर्चिने र अन्य बाँकी रकम कोषमा रहने जानकारी दिनुभयो ।
‘हामीले साँझबाट बचत भएको रकममध्ये केही सामाजिक कार्यमा खर्चिनेछौं । र क्लबको भवन जीणर् अवस्थामा भएकाले यसको मर्मत संभार गर्नुपर्ने पनि छ । भने, बाँकी रकम हामीले कोषमै राख्नेछौं ।’सुवेदीले भन्नुभयो ।