नेपालका लागि‌ चिनियाँ राजदूत छन ’द क्लिफ’मा

हिमाली आवाज । नेपालका लागि‌ चिनियाँ राजदूत छन सोङले द क्लिफ नेपालको अवलोकन भ्रमण गर्नुभएको छ । राजदूत छनसहितको टोलीले शुक्रबार साहसिक पर्यटनको हब क्लिफ पुगेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

क्लिफको अवलोकन पश्चात राजदूत छनले क्लिफका साहसिक गतिविधिमा रमाउन मन भएपनि समयका कारण सम्भव नभएको बताउनुभयो । त्यसका लागि अर्को पटक क्लिफ आउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

राजदूत छनसहितको टोलीको भ्रमणले कम्पनी र कर्मचारीलाई नयाँ ऊर्जा मिलेको अध्यक्ष कार्कीको भनाइ छ ‌। भ्रमणमा गण्डकी प्रदेशका पूर्वपर्यटन मन्त्री विकास लम्साल लगायतको सहभागिता थियो ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ ।

पछिल्लो समय एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।यसअघि द क्लिफमा विभिन्न मन्त्री तथा‌ सरकारका पदाधिकारीहरूले समेत अवलोकन भ्रमण गरिसकेका छन् ।

Comments
Loading...