बिशाल बचतको बार्षिक साधारण सभा,प्रदेशकै उत्कृष्ट रहेकाले विश्वस्त भएर कारोबार गर्न आग्रह

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ४ बुद्धविशाल बजार भित्र अवस्थित विशाल वचत तथा ऋण सहकारी सँस्था लिमिटेडको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भ भएको छ ।

संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. कास्कीका अध्यक्ष सावित्रा कोइरालाले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि कोईरालाले बिशाल सहकारी गण्डकी प्रदेशकै नमुना सहकारी भएको हुँदा, सदस्यज्यूहरुलाई पूर्ण विश्वस्त भई सक्रिय रुपमा कारोबार गर्नका लागि आग्रह गर्नुभयो ।

पोखरा महानगर सहकारी समितिका अध्यक्ष रबिरमण तिवारीले सँस्था सुरक्षित एबंम दिगो रुपमा संचालन गरि सम्पूर्ण वित्तिय सूचाङ्ग सबल रहेकोमा खुसी ब्यक्त गर्नुभयो ।

राष्ट्रिय सहकारी बैंकका गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले विशाल सहकारी नीति–विधि र प्रबिधिबाट सुरक्षित रुपमा संचालन भएको सँस्थाको प्रतिवेदनबाट प्रस्ट भएको बताउनु भयो ।

सँस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले सँस्थाले गण्डकी प्रदेशको उत्कृष्ट वित्तिय सहकारीको रुपमा पुरस्कार प्राप्त गरेकोमा  आगामी दिनमा सँस्थाले अझ असल अभ्यासहरु अवलम्बन गर्नुपर्ने बताउनु भयो ।

सभामा अध्यक्ष शिव शर्मा कोषाध्यक्ष ईन्द्रराज अर्याल लेखा सुपरिवेक्षण समितिका संयोजक रामकृष्ण दुवाडी र प्रमुख कार्यकारी अधिकृत सुदिप ढकालले प्रस्तुत गर्नुभएको संस्थाको वार्षिक नीति कार्यक्रम तथा बजेटमाथि छलफल गरि पारित गरिएको छ ।

सो अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यज्यूहरु,ज्येष्ठ सदस्यज्यूहरु र प्लस टु, स्नातक, स्नाकोत्तर तहका उत्कृष्ट अंक ल्याउने सदस्यज्यूहरु, बाल वचतकर्ता,लगायत उत्कृष्ट कर्मचारीहरुलाई सँस्थाको सम्मान निति अनुुसार सम्मान गरिएको थियो ।

साधारणसभामा सँस्थापक अध्यक्ष भुवन नेम्कूल, कास्की बचत संघ लि. का सचिव मिनराज तिमिल्सिना लगायतले शुभकामना मन्त्व्य राख्नुभएको थियो ।

सँस्थाका सचिव प्रदिप कुमार मूल्मीले संचालन गर्नुभएको कार्यक्रममा,संचालक रमादेबि ढकालज्यूले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो भने सँस्थाका उपाध्यक्ष बालकृष्ण ढकालले स्वागत मन्तब्य ब्यक्त गर्दे सहभागी सम्पूर्णमा तिहार नेपाल सम्बत् ११४५ र छठ पर्वको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।

Comments
Loading...