एगा पोखरामा नयाँ नेतृत्व,अध्यक्षमा लम्साल निर्वाचित

हिमाली आवाज । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको २१ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले गोकर्ण लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

एगाको शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा गीता ढकाल पौडेल, सचिवमा माया सुवेदी, सह सचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा सुशिल ढकाललाई निर्वाचित गरेको छ ।

समितिका सदस्यहरूमा रामकृष्ण तिमल्सिना, रमेश सुवेदी, नारायण पाण्डे, होमराज भण्डारी र सुन्ती पूर्जा रहनुुभएको छ । अधिवेशनका लागि पूर्व अध्यक्ष कृष्णकुुमार श्रेष्ठको संयोजकत्वमा पूर्व अध्यक्षद्वय चिरञ्जिवी पोखरेल र जीवनाथ गौतम रहनुुभएको निर्वाचन समिति गठन गरिएको थियो । साधारणसभाले सचिव गीता ढकाल(पौडेल)ले प्रस्तुत गर्नुुभएको सचिवको प्रतिवेदन र कोषाध्यक्ष माया सुवेदीले प्रस्तुत भएको कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका सदस्य ऋषि भण्डारीले स्वदेशी उत्पादनका माध्यमबाट स्वदेश एवम् विदेशमा एगाले पर्यटन प्रवद्र्धन गरिरहेको बताउनुुभयो् । हाम्रा उत्पादनलाई राष्ट्रिय ड्रेसका रुपमा उपयोग हुन सकेमा त्यसले रोजगारी सिर्जनासँगै विदेश पलायनलाई रोक्ने उहाँले बताउनुुभयो ।

एगा पोखराका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिीवि पोखरेलले प्रवद्र्धनात्मक सामाग्रीका माध्यमबाट नेपालको पर्यटकीय विकासमा एगाले पुु¥याएको योगदान अतुलनीय रहेको बताउनुुभयो । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट यथासक्य चाँडो अन्तराष्ट्रिय उडान सञ्चालन गर्नेतर्फ सबै लाग्नुुपर्ने उहाँले आवश्यकता औंल्याउनुुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन क्षेत्रको विकासमा लागि राज्य, निजी क्षेत्र सबैको सामुुहिक प्रयास आवश्यक हुने बताउनुुभयो ।

एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले उत्पादनमा आधारित भएर आन्तरिक तथा बाह्य दुुबैतर्फ बस्तुविनियमय गरिरहेको एगाले पर्यटनका क्षेत्रमा ठूलो योगदान पुु¥याइरहेको बताउनुुभयो ।

एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीको अध्यक्षता एवम् सचिव गीता ढकालको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुुना वर्षा शर्मा, पोखरा टेलिभिजनका प्रवन्ध निर्देशक माधव पनेरु, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पर्यटन विज्ञ दीपेन्द्र पहारी, नेपाल टुरिज्म एण्ड होटेल म्यामनेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी, संस्थाका उपाध्यक्ष गोकर्ण लम्साल लगायतले बोल्नुुभएको थियो ।

कार्यक्रमकै अवसरमा पत्रकारिताका माध्यमबाट योगदान पुु¥याएको भन्दै पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एगाका पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेललाई निशुल्क रुपमा कार्यालय सञ्चालनका लागि योगदान पुु¥याएको भन्दै सम्मान गरिएको थियो भने अर्का पूर्व अध्यक्ष विश्वराज पोखरेललाई उत्कृष्ट व्यवसाय एवम् पसल सजावट वापत सम्मान गरिएको थियो ।

त्यस्तै कार्यसमितिमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै उपाध्यक्ष गोकर्ण लम्साललाई सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा संस्थाका पूर्व अध्यहरू, विभिन्न कार्यक्रमका संयोजकलाई पनि सम्मान गरिएको थियो ।

Comments
Loading...