होटल संघ पोखराको अध्यक्षमा पुनः सुवेदी निर्वाचित

हिमाली आवाज । होटल संघ पोखराको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी सर्वसम्मत् चयन हुनुभएको छ । होटल संघ पोखराको २१ औं अधिवेशन तथा ४२ औं साधारणसभाले सुवेदीको अध्यक्षतामा पुरानै टिमलाई सर्बसम्मत निरन्तरता दिएको हो ।

संघको प्रथम उपाध्यक्षमा दिपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिव पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल (रमेश) र सहकोषाध्यक्षमा बैभव पौडेल निर्वाचित हुनुभयो ।

यसैगरी सदस्यहरुमा प्रदिपराज पहारी, विवेक गौतम, शिवराज पहारी, पन्चङ लामा निर्वाचित हुनुभयो ।

Comments
Loading...