रवि लामिछानेलाई पार्टी कार्यालयबाट पक्राउ,पोखरा ल्याइदै

हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई रास्वपाको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरिएको हो । प्रहरीले लामिछानेलाई स्थलमार्ग हुँदै आजनै पोखरा ल्याउन लागिएको जनाएको छ ।

पोखराको सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

Comments
Loading...