शहिद शरद गौचनको सातौँ स्मृतिमा पोखरा बृद्धाश्रमलाई सहयोग

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीका संस्थापक अध्यक्ष शहिद शरद कुमार गौचनको सातौँ स्मृति दिवसका सन्दर्भमा आज पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल निर्माण व्यवसायी संघले पोखरा महानगरपालिका वडा नं. १७ महतगौडामा रहेको पोखरा बृद्धाश्रममा रहनुभएका बद्धबृद्धाहरुका लागि रु २० हजार आर्थिक सहयोग गरेको हो ।

संघका अध्यक्ष लिलकाजी गुरुङ्ग बृद्धाश्रमका अध्यक्ष सिद्धीकुमार रेग्मीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा नेपाल निर्माण व्यवसायी संघ गण्डकीका अध्यक्ष टंकराज बरालले शहीद गौचनले निर्माण क्षेत्र लगायत समाजसेवामा गर्नुभएको योगदानको स्मरण गर्नुभयो ।

संघका अध्यक्ष लिलकाजी गुरुङले शहीद गौचन सबैका लागि प्रेरणाका स्रोत रहेको भन्दै उहाँप्रति संघ जहिले पनि ऋणी रहेको बताउनुभयो । संघका सल्लाहकार राजेन्द्र पहारी, वृद्धाश्रमका अध्यक्ष सिद्धीकुमार रेग्मी संघका सचिव डम्बरराज ढकाल लगायतले शहीद गौचको योगदानप्रति स्मरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...