हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–७ मा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
मादी गाउपालिका वडा नं ७ र मादी अधारभुत अस्पातलको संयुक्त आयोजनमा असोज १८ देखी २२ गतेसम्म निशुल्क वडा स्तरीय स्वास्थ्य शिविर सञ्चालन गरिएकामा दुई सय ५० जनाले सेवा लिएका छन् । मादी–७ का महाघारी , ठुल्ढुङगा , चिलाउनेडाडा , ढोडेनी , ठकुरी गाउँ , तल्लोछाचोक र थाकका नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य उपचार सेवा दिइएको वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ स्वास्थ्य केन्द्र आउन असहज भएका ज्येष्ठ नागरिक, अशक्त, अपांग लगायत अन्य सवै नागरिकलाई टोल टोल मा पुगेर सेवा दिएका छौँ । यसबाट स्थानीय धेरै खुशी हुनुभयो।” मादी अधारभुत अस्पातलका प्रमुख डा बिनोद बराल लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य उपचार सेवा प्रदान गर्नुभएको थियो ।