पोखरामा पत्रकार शहीद पहारीको स्मृतिमा दीप प्रज्वलन

हिमाली आवाज । जनपत्रकार शहीद महेश पहारीको १९ औ स्मृति दिवसका सन्दर्भमा आज दीप प्रज्वलन गरिएको छ। प्रेस सेन्टर कास्कीको आयोजनामा पोखरा–७ शहीदपार्कमा दीप प्रज्वलन तथा तस्बिरमा माल्र्यापण गरिएको हो ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र) गण्डकीका सहइन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्य एवं कास्कीका इन्चार्ज रामजी प्रसाद बराल, केन्द्रीय सदस्यहरु दीपक कोइराला, तेजकुमारी पौडेल, शहीद पत्नी दुर्गा पहारी, प्रेस सेन्टरका अग्रज विश्वप्रकाश लामिछाने लगायत पत्रकारहरु तथा पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

पोखराबाट प्रकाशित हुने तत्कालीन स्वाभिमान साप्ताहिकमा आवद्ध पहारीलाई माओवादीको अभियोगमा विसं २०६० मा सुरक्षाकर्मीले कास्कीको ल्वाङघलेलबाट गिरफ्तार गरी कारागार चलान गरेकामा उहाँको विसं २०६२ मा असोज १८ गते निधन भएको थियो ।

Comments
Loading...