हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ७ मा अवस्थित निर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालक समितिको अध्यक्षमा वासुदेव गौचन निर्विरोध निर्वाचित हुनुभएको छ । सहकारीको आज पोखरामा सम्पन्न १२ औँ साधारणसभा तथा पाँचौ अधिवेशनले गौचनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा विश्व खनाल, सचिव ज्ञानेन्द्र घिमिरे र कोषाध्यक्षमा उत्तम सिग्देल निर्वाचित हुनुभयो । यसैगरी सदस्यहरुमा राजेश पहारी, मनोज देवकोटा, सुमनकुमार श्रेष्ठ, विमल अर्याल, वीरेन्द्र श्रेष्ठ, धर्मराज सुवेदी र सुदिप बुढामगर हुनुहुन्छ ।

यसैगरी शिक्षा संयोजकमा गणेशराज अधिकारी तथा सदस्यहरु विष्णुकुमारी लम्साल र बन्दना कार्की तथा ऋण लगानी तथा असुली संयोजकमा मित्रमणि तिमिल्सिना र सदस्यहरु रोशन केसी र मनोज देवकोटा चयन हुनुभयो ।
यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा हुमनाथ ढकाल तथा सदस्यहरु वेनिमाधव अधिकारी र भूमिचन्द्र घिमिरे निर्वाचित हुनुभएको नेपाल निर्माण व्यवसायी संघ कास्कीका उपाध्यक्ष इन्जिनियर शिरष बास्तोलाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
निर्माण बचत तथा ऋण सहकारी कास्कीका निर्माण व्यवसायीहरुबाट स्थापित तथा सञ्चालित रहेको छ ।