हङकङमा आयोजित बिल तामाङ स्मृति सहारा कप फुटबल उपाधि जोर्डन एफसीलाई

हिमाली आवाज । सहारा क्लब हङकङको आयोजनामा सम्पन्न दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल प्रतियोगिताको उपाधि जोर्डन एफसीले जितेको छ ।

सहारा क्लब हङकङको १२ औं वार्षिकोत्सव अवसरमा दोस्रो बिल तामाङ स्मृति सहारा कप हङकङ ६–ए साइड फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा हङकङका विभिन्न १६ क्लबले भाग लिएका थिएन । प्रतियोगिताको रनर अप मोना एफसी भयो ।

उनीहरुले क्रमशः हङकङ डलर २० हजार र १२ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । क्लबका प्रमुख सलाहकार दुर्गा गुरुङ (एनजी) ले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । सो अवसरमा फुटबल खेलमा लामो समय दिएको योगदानको कदर गर्दै पूर्व राष्ट्रिय खेलाडी विजय गुरुङलाई सम्मान गरिएको थियो ।

फाइनलमा प्रमुख अतिथि बल्र्ड राइजका फाउण्डर तथा ग्रेन मास्ट तुलसीकुमार गुरुङले खेलाडी विजयलाई दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरी सम्मान गर्नुभयो । प्रतियोगितामा विजयीहरुलाई प्रमुख अतिथि गुरुङसहित एनआरएनए हङकङ अध्यक्ष, नेपाली महासंघका अध्यक्ष लगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिता सुरु हुनु पूर्व बिल तामाङ तथा हालैमात्र स्वर्गारोहण भएका सहारा क्लब अष्टे«लिया अध्यक्ष राजमान थकालीप्रति चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

Comments
Loading...