माछापुच्छ्रे माविका अध्यक्ष गुरुङलाई राष्ट्रिय पुरस्कार

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।

शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका उत्कृष्ट व्यवस्थापन समिति अध्यक्षलाई पुरस्कृत गरेको छ । मन्त्रालयले गण्डकी प्रदेशबाट गुरुङलाई सो पुरस्कारका लागि छनोट गरेको हो ।

उहाँ विद्यालयको विद्यालय व्यवस्थापन समितिमा तीन बर्ष सदस्यको रुपमा र चार वर्ष अध्यक्षको रुपमा काम गरिरहनुभएको छ । अध्यक्ष गुरुङ विद्यालयको स्वर्ण महोत्सवमा अर्थ समितिको संयोजकका रुपमा रहेर समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । अध्यक्ष गुरुङकै पहलमा विद्यालयलाई भारतीय दूतावासबाट बस समेत प्राप्त भएको थियो ।

उहाँ हाल दोस्रो कार्यकाल विद्यालय व्यवस्थापन समितिको जिम्मेवारी सम्हाल्नुभएको छ । माछापुच्छ्े मावि गत वर्षको एसइइी नतिजामा सामुदायिक विद्यालयहरु मध्येमा कास्की जिल्लामा सर्वोत्कृष्ट हुन सफल भएको थियो । दुई साता अघिमात्र विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्य समेत गण्डकी प्रदेशबाट उत्कृष्ट शिक्षकको पुरस्कार पाउनुभएको थियो ।

Comments
Loading...