लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा

हिमाली आवाज । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ ।

पोखरा महानगरपालिका ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा ल्याएको हो ।

रोशन लिम्बु नेतृत्वको युवा व्यवसायीहरुको सँयुक्त लगानीमा अत्याधुनिक सेवादिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याएको सञ्चालक लिम्बुले बताउनुभयो ।

उहाँका अनुसार अनुसार उक्त स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडि मसाज) मसाजहरुको सेवा प्रदान हुदैं आएको छ ।

साथै उक्त स्पामा ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतको सेवाहरुपनि प्रदान गर्ने तयारी भइरहेको लिम्बुले जानकारी दिनुभयो । ‘हामीले केही समयमै ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतका सेवा दिने तयारीमा छौ, उहाँले भन्नुभयो,‘त्यसका लागि चाइनाबाट सामान मगाएका छौं । करिब एक डेढ महिना जति लाग्न सक्छ ।’

दोस्रो शाखाको रुपमा सेन्टर प्वाइन्टमा आएको प्याराडाइजले विगत लामो समयदेखि हल्लनचोकबाट सेवा दिदैं आएको छ । निकट भविष्यमा थप शाखाहरु बिस्तार गर्ने योजनासमेत रहेको बताइन्छ । मार्केटिङको क्षेत्रमा फरक पहिचान बनाउनुभएका लिम्बुले न्यूरोडमा र सृजनाचोकमा ड्रिमल्याण्ड फुडल्याण्ड तथा बगरमा ड्रिमल्याण्ड बारबरसप सञ्चालन गर्दै आउनुभएको छ ।

Comments
Loading...