गण्डकीका प्रेस रजिष्ट्रार भण्डारीको शपथ तथा पदवहाली

हिमाली आवाज । गण्डकी प्रदेशका नवनियुक्त प्रेस रजिष्ट्रार विमला भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । सो अवसरमा मुख्यमन्त्री पाण्डेले पत्रकारिताका समस्या रजिष्टर मार्फत समाधान खोजिने बताउनुभयो ।

नवनियुक्त रजिष्ट्रार भण्डारीले आजनै पदवहाली समेत गर्नुभयो । भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष समेत हुनुहुन्थ्यो । पदवहालीपछि भण्डारीले ऐन कानुनमा रहेर पत्रकारहरुका समस्या समाधान तथा हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Comments
Loading...