कास्की जिल्ला स्तरीय जुनियर तेक्वान्दोमा सहिद स्मृति विद्यालयलाई लगातार तेस्रो पटक उपाधि

हिमाली आवाज । पोखरामा सञ्चालन भएको सातौँ संस्करणको कास्की जिल्ला स्तरीय जुनियर तेक्वान्दो रनिङ शिल्डमा पोखराको सहिद स्मृति आवासीय विद्यालय च्याम्पियन बनेको हो ।

सहिद स्मृति विद्यालयले १३ स्वर्ण ५ रजत र ३ कास्य सहित सहिद सहित उपाधि जितेको हो । यससँगै सहिद स्मृति विद्यालयले लगातार तेस्रो पटक उपाधि जित्न सफल भयो । प्रतियोगिता यही भदौ २८ देखी ३० गतेसम्म सञ्चालन भएको थियो ।प्रतियोगितामा गेरोगि तर्फ तीन सय ७० जनाको सहभागिता र पुम्से तर्फ करिब ८० जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा २० किलो पुरूष तर्फमा प्रथम सुप्रीम गुरुङ (याप्सुलुट) दोस्रो सिम्मसन गुरूङ (सहिद स्मृति)तृतीय आरोन थापा (पोखरा),अब्रीम बराल (राईजिङ स्टार) बन्नुभयो ।

त्यस्तै गरी २० किलो महिला तर्फ प्रथम अध्या श्री(याप्सुलुट) दोस्रो श्रृंखला नेपाली (ईंप्याक्ट) तृतीय लक्ष्मी तामाङ(सहिद स्मृति) र तृतीय जानु तामाङ(लक्ष्मी मा.वि) त्यसैगरी २३ किलो तर्फ पुरूष प्रथम विवेक शाही(सहिद स्मृति) दोस्रो विराज भण्डारी (याप्सुलुट) तृतीय निश्चल ढकाल(लक्ष्मी मा.वि) र तृतीय बुद्दि लङ्का मगर(बालप्रबात) बन्नुभयो । महिला २३ किलो तर्फ प्रथम अनुष्का घर्ती मगर(सहिद स्मृति), दोस्रो संस्कृति लामिछाने(रिठेपानी) तृतीय एन्जल बुढामगर(हिमालयन टाईगर) र निश्मा गिरी(यसोदा) हुनुभयो ।

३५ केजी महिला तर्फमा रोजी महर्जन(शुक्रराज) दोस्रोमा आश्रा पुन( सहिद स्मृति) तृतीय तर्फ दिया घर्ती मगर(राईजिङ स्टार) र सिलेष्टी अधिकारी(पिपुल टुगेदर), त्यसैगरी ३८ केजी महिला तर्फ बिपसा कुमाल(सहिद स्मृति) दोस्रो मारियाम खातुन(हिमालयन टाईगर) तृतीय दिव्यानी बन्जरा(कास्की मोर्नाईज) र अन्तिमा किसी(पिपुल टुगेदर), त्यसैगरी ५१ केजी पुरूष तर्फ प्रथम अजय जिसी(सहिद स्मृति) दोस्रो करुण खाँड(याप्सुलुट) तेस्रो सुशान्त कुमार श्रेष्ठ(सैनिक) र सचिन आले मगर( सगरमाथा) हुनुभयो ।

प्रतियोगितामा पुरूष २६ केजी तर्फ प्रथम के.वि तामाङ(सहिद स्मृति) दोस्रो सीभ्जन पुन(हिमालयन टाईगर), २६ किलो महिला तर्फ प्रथम सञ्जु शाही(सहिद स्मृति),२९ केजी पुरूष तर्फ प्रथम जेनिस घर्ती(सहिद स्मृति) दोस्रो जेमेन गुरुङ(याप्सुलुट) तृतीय सुजित मानन्धर(पिपुल टुगेदर) र सुबम लामिछाने(यसोदा) २९ केजी महिला तर्फ शृष्टी राई(हिमालयन टाईगर) तृतीय अन्जु गुरुङ(सहिद स्मृति), ५३ किलो महिला तर्फ प्रथम पूजा जैसी(वल्ड मिसन), दोस्रो निकिता गुरुङ(लेकसाइड) तृतीय विपना गुरुङ(लेखनाथ) र तृतीय क्रिस्टिना डी.आर (पोखरा) हुनुभयो ।
यसैगरी एकल पुम्से महिला तर्फ प्रथम प्रतीक्षा राना(याप्सुलुट) दोस्रो रक्षा पूर्जा(पोखरा) तृतीय एलिना गुरुङ(वल्ड मिसन) र कञ्चन गुरुङ(माछापुच्छ्रे) हुन सफल भएका छन् ।

प्रतियगितामा ४९ किलो महिला तर्फ प्रथम कुसुम विक(सहिद स्मृति)४४ किलो महिला तर्फ प्रथम विपना घर्ती(सहिद स्मृति)४१ किलो महिला तर्फ प्रथम अञ्जना शाही(सहिद स्मृति)३८ किलो महिला तर्फ प्रथम बिपाशा कुमाल(सहिद स्मृति),३२ किलो महिला तर्फ प्रथम लक्ष्मी विक(सहिद स्मृति) हुनुभयो ।

यसैगरी ४५ किलो पुरूष तर्फ प्रथम सुजन श्रेष्ठ(सहिद स्मृति), ३८ किलो पुरूष तर्फ प्रथम अमृत प्रजा(सहिद स्मृति), ४१ किलो पुरूष तर्फ दोस्रो मन्जित गुरूङ (सहिद स्मृति)३२ किलो पुरूष तर्फ दोस्रो आशिष गुरुङ (सहिद स्मृति)३५ किलो पुरूष तर्फ दोस्रो वीरेन्द्र कुँवर (सहिद स्मृति) हुन सफल भएका छन्।

Comments
Loading...