नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकीमा लोकतान्त्रिक समूहको प्यानलनै विजयी

हिमाली आवाज । इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको तेस्रो कार्यकारिणी समितिको निर्वाचनबाट अध्यक्षमा सन्तोष जिसी विजयी हुनुभएको छ ।

यही भदौ २८ देखी सुरु भएको अधिवेशनको आज सम्पन्न निर्वाचनमा जिसीले पाँच सय ९२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रत्याशी महेन्द्रबहादुर गोदारले चार सय ७६ मत ल्याउनुभयो ।

इन्जिनियर्स एसोसिएसन निर्वाचनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक र नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) निकट बामपन्थी÷प्रगतिशिल इन्जिनियर समूहबीच प्रतिस्पर्धा भएकामा लोकतान्त्रिक समूहले सबै पदमा जित हासिल गरेको छ ।
यसैगरी नेपाल इन्जिनियरिङ एसोसिएसन केन्द्रीय कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा गण्डकी प्रदेशबाट अवित केसी छ सय छ मत सहित विजयी हुनुभयो । उहाँका प्रत्याशी रामचन्द्र पोखरेलले चार सय ३९ मत पाउनुभयो ।

गण्डकी प्रदेशको उपसभापतिमा विशाल थापा छ सय ६८ मत ल्याएर विजयी हुँदा प्रत्याशी कृष्ण रिजालले तीन सय ९० मत ल्याउनुभयो ।
सचिवमा निरोज लामिछाने छ सय छ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रत्याशी आनन्द भट्टराईले चार सय ४२ मत पाउनुभयो ।
सहसचिवमा मञ्जु शिलाकार पाँच सय २४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी अस्मिता खनालले पाँच सय २१ मत पाउनुभया ।

कोषाध्यक्षमा विश्वास आचार्य पाँच सय ८५ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रत्याशी सोवित श्रेष्ठले चार सय ६९ मत पाउनुभयो ।
यसैगरी सदस्यहरुमा महेन्द्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सिना, रोचक क्षेत्री, धु्रव रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्मा विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

Comments
Loading...