गण्डकी प्रदेशको प्रेस रजिस्टारमा भण्डारी नियुक्त

हिमाली आवाज । गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त हुनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष समेत रहनुभएका भण्डारीलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारी ४ वर्षका लागि गण्डकीको प्रेस रजिस्टार बन्नुभएको छ ।

प्रेस रजिस्टार छनोटका लागि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो । समितिले ३ जनाको नाम प्रस्ताव गरेकोमा भण्डारीलाई नियुक्त गरिएको हो ।

Comments
Loading...