सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रादेशिक कार्यालय अमरसिँहचोकमा

हिमाली आवाज । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय पोखरामा अमरसिँहचोकमा स्थानान्तरण भएको छ । यसअघि पोखराकै न्यूरोडमा रहेको कार्यालय अमरसिंहचोकमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याइएको हो ।

सो कार्यालयको आज सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री र नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।सो अवसरमा दाहालले सलिकोको व्यापार र दावी भुक्तानी राम्रो रहेकाले सो साख जोगाइराख्नुपर्ने आग्रह गर्नुभयो ।

कम्पनीका सीईओ क्षेत्रीले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोबलका साथ इमान्दारीपूर्वक बीमालेख राम्ररी बुझाएर मात्र बेच्न आग्रह गर्नुभयो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिका सहायक महाप्रबन्धक कविराज पौडेलले स्वागत गर्दै कम्पनीको सेवा गण्डकीमा नमूना रहेको बताउनुभयो ।

कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स गण्डकी प्रादेशिक कार्यलय प्रमुख विष्णुराज पौडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सर्भेयर, नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेस कार्यलयका कर्मचारीहरु तथा पोखरामा रहेका कम्पनीका शाखा प्रमुखलगायत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।

Comments
Loading...