अनेरास्ववियु(क्रान्तिकारी) गण्डकीको अध्यक्षमा गुरुङ विजयी

हिमाली आवाज ।  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को विद्यार्थी संगठन  अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदिप गुरुङ(पर्वत) निर्वाचित हुनुभएको छ  ।

यही भदौ २३ गतेदेखी पोखरामा सुरु भएको दोस्रो गण्डकी प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको आज विहान सार्वजनिक मतपरिणाम अनुसार गुरुङ एक सय ३७ मत सहित विजयी हुनुभयो । उहाँका प्रत्याशी रामकृष्ण भट्टले ७१ मत ल्याउनुभयो ।

समितिको खुला उपाध्यक्षहरुमा बसन्त भट्टचन(कास्की), सरोजवल्लभ भट्टराई(गोरखा), अशोक मरहठ्ठा(गोरखा) विजयी हुनुभयो । यसैगरी समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा(बाग्लुङ) र महिला उपाध्यक्षमा सीता बराल(तनहुँ) निर्विरोध हुनुभएको छ ।

प्रमुख सचिवमा सुजन बास्तोला(कास्की) तथा सचिवहरुमा खुलातर्फ प्रदीप ढकाल(गोरखा), विशद उपाध्याय(नवलपुर) र सन्दीप महतो(नवलपुर) निर्वाचित हुनुभयो ।

महिला सचिवमा जुना गुरुङ(लमजुङ), समावेशीमा दुर्गा विक(लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार(बाग्लुङ) निर्विरोध हुनुभएको निर्वाचन समितिका संयोजक अधिवक्ता निर्मला क्रान्तिले जानकारी दिनुभयो । क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्सीय रहेको छ ।

सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनित गरिने निर्वतमान अध्यक्ष सुदिन पौडेलले जानकारी दिनुभयो । निर्वाचन समिति सदस्यमा विपिन आचार्य र अमरदिप पराजुली रहनुभएको थियो ।

Comments
Loading...