फिस्लिङमा खसेको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

हिमाली आवाज । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित मुग्लिन–काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । सडक विभागले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो ।

सडक सञ्चालनमा आएसँगै जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Comments
Loading...