पोखराको रामबजारमा तिज गित प्रतियोगिता हुँदै

हिमाली आवाज । राम मन्दिर माछापुच्छ्रे महिला समूह पोखरा १०, १५ को आयोजना महिलाहरुको महान पर्व हरि तालिका तिज पर्वको अवसरमा ३३ औं संस्करणको तिज गित प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगरपालिकाको समन्वयमा, पोखराको हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा यही भदौ २१ गते उक्त प्रतियोगिता हुने भएको राम मन्दिर माछापुच्छ्रे महिला समुहका अध्यक्ष एवं मुल समारोहका अध्यक्ष माया गुरूङ (भुजेल) ले बताउनु भयो ।

प्रतियोगितामा विजेतालाई नगद २५ हजार, उपविजेतालाई २०, तेश्रो हुनेलाई १५ हजार शान्त्वनालाई ७ हजार पुरस्कार प्रदान गरिने भएको छ । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च लाग्ने आफुहरुले अनुमान गरेको आयोजक संस्थाका सचिव लेक माया पुनले बताउनु भयो । रामबजारको पहिचान धर्म, संस्कृक्तिको उत्थानका साथ पोखरा महानगरपालिकाको अंति महत्वपूर्ण रमणीय र धार्मिक क्षेत्रले परिचित रामबजारको प्रचार प्रसार गर्न उक्त प्रतियोगिताले थप मद्धत पुग्ने उहाँले दाबी गर्नुभयो ।

२०६४ सालमा राम मन्दिर माछापुच्छ्रे महिला समूहले स्थापनाको पहिलो वर्ष कालिका मा.वि.को प्राङ्गणमा र त्यसपछि विश्वकर्मा मन्दिर, राम मन्दिरको प्राङ्गणमा तीज गीत प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको उहाँले जनाउनु भयो । उक्त तिज गित प्रतियोगिताका परिकल्पनाकार मध्यका एक मनविर गुरूङले आफुहरुले कास्की जिल्लाको मात्र नभई देशमै पहिलो पटक तिज गित प्रतियोगिता संचालन गरेको दाबी गर्नू भयो । प्रतियोगितामा करिब २० टिमको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य हुने एक एक जनालाई जनही २÷२ हजार प्रदान गरिने भएको छ भने सहभागि टिमलाई यातायात खर्च स्वरुप १ हजार उपलब्ध गराइने भएको छ ।

Comments
Loading...