टान गण्डकीमा नयाँ नेतृत्व: अध्यक्षमा आचार्य निर्वाचित

हिमाली आवाज । ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्ण प्रसाद आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

टान गण्डकीको आज पोखरामा सम्पन्न भएको ३१ औं बार्षिक साधारण सभा एवं १८ ओै अधिवेशनले आगामी २ बर्षीय कार्यकालको लागि आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा तिर्थराज सुवेदी, द्धितिय उपाध्यक्षमा मोहन प्रसाद सुवेदी, सचिवमा गोपाल कृष्ण संग्रहौला, सहसचिवमा भुपेन्द्र कुमार लामा, कोषाध्यक्ष केशव प्रसाद सापकोटा यचन हुनुभयो ।

यसैगरी सदस्यहरुमा प्रकाश पौडेल, माधव प्रसाद खनाल, रेनुका कार्की, चन्द्र बहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भुपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना चयन हुनुभएको छ ।

Comments
Loading...