निजामती कर्मचारी युनियन कास्की अधिवेशनको तयारीमा

हिमाली आवाज । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कास्की जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । युनियनको जिल्ला अधिवेशन यही पोखरामा हुँदैछ ।

केन्द्रको परिपत्रर अनुसार युनियन जिल्ला र विभागको अधिवेशन कात्तिक १ देखी पुस १५ भित्रमा गरिसक्नुपर्नेछ । यसैगरी पुसको १६ देखी माघ १५ गतेसम्म प्रदेश अधिवेशन गर्नुपर्नेछ ।

अधिवेशनको औपचारिक मिति तय नभएपनि तयारीका लागि सदस्यता नविकरण, प्रचार प्रसार लगायतका गतिविधिलाई अगाडि बनाइएको नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

“हाम्रो अधिवेशनलार्ई ऐतिहासिक बनाउने गरी अहिलेदेखीनै तयारी सुरु गरेका छौँ । अहिले विशेषगरी सदस्यता नविकरणलाई अभियानकै रुपमा अघि बढाएका छौँ र प्रचार प्रसारको काम समेत भइरहेको छ ।”

युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष केदार सापकोटा, प्रदेश उपाध्यक्ष अर्जुन गुरूङ्ग सहित पदाधिकारीहरूको टोलीले अधिवेशनको प्रचार तथा जानकारीका लागि कार्यालयहरूमा पुगेर कर्मचारीसँग भेटघाट सुरु गरेको हो ।

युयिनकर्मीहरुले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, हुलाक निर्देश्नालय, संघिय खानेपानी कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय , प्रदेश नीति तथा योजना आयोग, प्रदेश प्रमुखको कार्यालय, पोखरा उपत्यका नगर बिकास समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा गुणस्तर कार्यालयहरुमा अधिवेशनको प्रचार गरेको । यसैगरी युनियनले सञ्चालन उपहार चिट्ठा तथा नयाँ सदस्यता वितरण गरिएको बताइन्छ ।

Comments
Loading...