पोखरामा सुजुकीले ल्यायो ‘पर्वोत्सव’ योजना,चार लाखसम्म नगद छुट

हिमाली आवाज । गण्डकी धौलागिरी क्षेत्रमा सुजुकी कारको आधिकारिक विक्रेता बतास ब्रदर्श प्रालिले दशैं तिहार लक्षित आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले चार लाख रुपियाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस पाउने बतास ब्रदर्श प्रालि पोखराका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

रानाभाटका अनुसार यस अफरमा एक लाख रुपियाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिज पनि ग्राहकले पाउनेछन् । “सुजुकी गाडी गण्डकी धौलागिरी क्षेत्रमा सर्वाधिक विक्री हुने ब्राण्ड हो । विगतमा जस्तै आउदै गरेका चाडपर्वमा समेत हामीले ग्राहकहरुलाई फाइदा हुने गरी छुट तथा उपहार योजना ल्याएका छौँ । यसबाट यस क्षेत्रमा थप बजार विस्तार हुने अपेक्षा छ । ” रानाभाटले भन्नुभयो ।

म्पनीले काठमाडौँमा जारी नाडा अटो शो लक्षित गरी शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप दुई लाख रुपियाँसम्मको छुट प्रदान गर्ने जनाएको छ ।

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग खर्चको बोझ बिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने बतास ब्रदर्श सुजुकीका विक्री प्रवन्धक नवराज अधिकारीले जानकारी दिनुभयो । यो योजना सीमित अवधिका लागि मात्रै मान्य हुने कम्पनीको भनाइ छ ।
यस्तो छ योजना ः
शून्य रनिङ्ग खर्चः स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नुपर्ने छैन भने ५ वर्षको लागि मर्मतसम्भार र पीयमयस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्ने छैन ।

कम्पनीको मापदण्डअनुसनरको ११ वटै नियमित सर्भिसमा पनि केही शुल्क नलाग्ने ।
फ्री अटो विमा र एक्सेसरिजः यो योजनामा थप १ वर्षको बिमा र सिट कभर हितको सुजुकी जेनुइन एक्सेसरिज पनि निः शुल्क पाइने ।

प अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनसः बिक्रीपछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्ष पछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।

Comments
Loading...