बुद्ध विशाल बजार ब्यापारिक एसोसियसनको बार्षिक साधारणसभा

गणेश पहारी ⁄ हिमाली आवाज । बुद्ध विशाल बजार ब्यापारिक एसोसियसन पोखराको २६ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएकोे छ ।

एसोसियसनको साधारण सभाको उद्घाटन गदै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले ब्यवसायीले आफ्नो ब्यवसायलाई सबल र सुदृढ गर्ने सकेमा देशको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।

अहिलेको समयमा ग्राहक र ब्यवसायी विच चित्र र चरित्र एउटै हुन सके मात्र सम्बन्धमा सुधार भई ब्यवसाय लामो समय सम्म टिकाइ राख्न सम्भव रहने उहाँको भनाई छ । बर्षेनि राज्यको एक खर्व भन्दा बढि रकम बाहिर गइरहेको भन्दै उहाँले आफ्नो धर्ति कर्म गर्दा अपमान हुने मनोविज्ञान युवाहरुले त्याग्न आग्रह गर्नुभयो ।

पोखरा महानगर पालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायीहरु को हक हित का लागि स्थानिय सरकार सधै हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले व्यवसाय नविकरण र नयाँ व्यवसायीको ब्यवसाय दर्ता गर्ने प्रक्रिया सहज रूपमा गर्ने वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

मानार्थ सदस्य तथा पूर्व अध्यक्ष सुदीप ढकालले व्यवसायीहरु बिच एक आपसमा समन्वय गरी अगाडी बढ्न सके मात्र व्यवसायीहरुको व्यवसाय प्रवर्धन मा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले युबाहरु विदेश पलाइन भइरहेकाले सरकारले देशभित्रनै राख्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले व्यवसायी र ग्राहकको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनुभयो । कानुनी सल्लाहकार तथा अधिवक्ता जगनाथ ढकालले स्थानीय सरकारले पार्किङ लाई ब्यवस्थित बनाउउन माग गर्नुभयो ।

संस्था अध्यक्ष इन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा फेन्सी तथा रेडिमेट एसोसियसन का अध्यक्ष एकनारायण पनेरु, सल्लाहकार माधव सिग्देल, सचिव थमन सिंह गुरुङ, कोषाध्यक्ष शान्ति श्रेष्ठ र व्यवस्थापन समितिका संस्थापक तथा वर्तमान अध्यक्ष हर्क बहादुर शेरचन लगाएका वक्ताहरुले भनाई राख्नुभयो ।

कार्यक्रममा एन एण्ड एन ब्युटिका संचालक तथा ब्यवसायी पंकज कुमार अग्रवाल लाई उत्कृष्ट ब्यवसायी सम्मानले सम्मान गरिएको थियो, भने संस्थालाई सहयोग गर्नेु हुने ब्यवसायीहरु गिता तिवारी, नम्रता शाही र अमुल दासलाई सम्मान गरिएको थियो ।

Comments
Loading...