पोखरामा आजदेखी टिभिएसको ‘मनसुन एक्सचेञ्ज’सुरु

हिमाली आवाज । पोखरामा दुई पाँग्रे सवारी साधन टिभिएस ब्राण्डको आधिकारिक बिक्रेता स्क्वायर मोटर्स प्रालिले आजदेखी ‘मनसुन एक्सचेञ्ज’ सुरु गरेको छ ।‘मनसुन एक्सचेञ्ज’ अफर आगामी साउन ३२ गतेसम्म नयाँबजारस्थित टिभिएस शोरुममा सञ्चालन हुनेछ ।

‘मनसुन एक्सचेञ्ज’ अन्तर्गत टिभिएस ब्राण्डका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद छुट लगायत विविध लाभ लिन सक्ने स्क्वायर मोटर्स प्रालिका अध्यक्ष आदर्शमान श्रेष्ठले हिमाली आवाजलाई डटकमलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार ग्राहकहरुले मनसुन एक्स्चेन्ज क्याम्प अफरमा छ हजार रुपैयाँ स्योर सट नगद प्राप्त गर्नेछन् । त्यसैगरी पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्यमा थप ६ हजार रुपैयाँमा मूल्यांकन गरिनेछ ।

“मासिक किस्ता ३ हजार ९ सय ९९ रुपैयाँ मात्रै तिर्ने गरी अफर अन्तर्गत टिभिएसका जुनसुकै स्कुटर तथा मोटरसाइकल ग्राहकले खरिद गर्न सक्नेछन् ।” श्रेष्ठले भन्नुभयो । अफरमा हेल्मेट, ब्याग कभर, ब्याग लगायत आकर्षक उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

Comments
Loading...