लेखनाथस्तरीय ताया:मचा नृत्य र गाइजात्राको तयारी

हिमाली आवाज । लेखनाथ नेवाः खलको आव्ह्वान र गगन नेवाः खलः पोखरा ३२ को आयोजनामा सातौं लेखनाथ स्तरीय तायाःमचा नृत्य प्रतियोगिता एवम गाईजात्रा महोत्सव २०८१ हुने भएको छ ।नेवारी समुदायको मौलीक सस्कृतीको रुपमा रहेको गाईजात्राका अवसरमा निकाली तायाःमचा नृत्य एवंम गाईजात्रा महोत्सव यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ को गगनगौडामा हुने भएको हो ।

लेखनाथ नेवाःखलको आब्हानमा हरेक वर्ष हुदै आएको तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव यस वर्ष गगन नेवाःखलः पोखरा –३२ को आयोजनामा यहि भाद्र १५ गते शनिवार गर्न लागिएको शुक्रवार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
गाईजात्राको अवसरमा आफना पितृहरुको उद्धार एवंम दिवंगत परिवारजनको मोक्ष प्राप्ति तथा बैकुण्ठवासको कामना गर्दै आफनो भेषभुषा,कला,संस्कृती र वाद्यवादनको संरक्षण गर्ने हेतुले गर्दै आएको तायाःमचा नृत्यलाई विगत छ वर्ष देखि प्रतियोगिताको रुपमा गरिदै आईएको छ ।

यहि भदौ १५ गते गते शनिबार आयोजना गरिने महोत्सवमा कुमारी नृत्य, लेखनाथ स्तरीय तायाः मचा नृत्य, धिमे बाजा, रोपाई जात्रा, लाखे नाच, नेवारी नाच मुख्य आकर्षणको रुपमा समावेस गरिने बताईएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु ४० हजार, द्वित्तीय हुने समुहलाई नगद रु ३० हजार, तृतीय हुने समुहलाई नगद रु २० हजार र सान्त्वना हुने समुहलाई नगद रु १० हजार साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिने कार्यक्रमका संयोजक एवम गगन नेवा खलःका अध्यक्ष लिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।प्रतियोगितामा उत्कृष्ट परि, उत्कृष्ट जोकर र उत्कृष्ट भेषभुषालाई नगद रु ३÷३ हजार मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा आयोजक सहित ९ टिमको सहभागिता रहनेछ भने ४ हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी रहेको छ । कार्यक्रम सम्पन्न गर्न १५ लाख ५७ हजार ५ सय खर्च हुने अनुमान गरिएको संस्थाका सचिव शरण कुमार प्रधानले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र नेपालीको पहिचन भने कै यहाँ रहेको मौलीक सस्कृती र भेष भुषा रहेकाले यसको संरक्षण गर्नु कुनै जाती विशेषको नभई सामुहिक प्रयासको खाचो औल्याउनुभयो ।

सोही अवसरमा लेखनाथ नेवाःखलका अध्यक्ष भैरवलाल श्रेष्ठले गाईजात्राका अवसरमा आफना पितृहरुको उद्धार एवंम दिवंगत भएका परिवारको मोक्ष प्राप्ति तथा बैकुण्ठवासको कामना गर्नका लागि गाईजात्रा नृत्यको संरक्षण तथा प्रवद्धनका लागि वार्षिक रुपमा प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।

Comments
Loading...