हिमाली आवाज । नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकटका इन्जिनियरले संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा तिन दल निकट इन्जिनियरहरुले संयुक्त उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन), नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) र समाजवादी इन्जिनियरिङ एसोसिएसन (सिन) नेपालको तर्फबाट केन्द्रिय सदस्यमा राम चन्द्र पोखरेलको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै प्रदेश सभापतिमा महेन्द्रबहादुर गोदार, उपसभापतिमा कृष्ण रिजाल, सचिवमा आनन्द भट्टराई, सहसचिवमा अस्मिता खनाल र कोषाध्यक्षमा सोभित श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभयो । यसैगरी सदस्यमा मनोजकुमार सिंह, पदमलाल अधिकारी, सुवास शर्मा, सन्जय सुवेदी, कालीदास सापकोटा,प्रदिप अर्याल, विवेक भट्टराई, ईश्वर भण्डारी, सन्जय लामिछाने र सुदर्शन ढकालको उम्मेदवारी परेको छ ।
उमेदवारी दर्ता पश्चात बोल्दै आम इन्जिनियरहरुको पेशागत हकहिको संरक्षण गर्दै नेपाल इन्जिनियर्स एशोसियसनको साख उचो राख्नको लागी प्रगतिशील इन्जिनियरहरुको संयुक्त प्यानलको आवश्यकता परेको सभापतिका उम्मेदवार महेन्द्र गोदारले बताउनुभयो । उहाँले सम्पूर्ण इन्जिनियरहरु अत्याधिक मतका साथ विजय गराउनुहुने बिश्वास व्यक्त गर्नुभयो ।
नेपाल इन्जिनियर्स एशोसियसन को ३४ औँ केन्द्रिय कार्यसमिति र तेश्रो प्रदेश कार्यसमितिको निर्वाचन आउदो भाद्र २८ गते सम्पन्न हुँदैछ ।
गण्डकी प्रदेशमा जम्मा एक हजार पाँच सय ५१ मतदाता रहेको जनाकारी सचिब पदका उमेदवार आनन्द भट्टराईले दिनुभयो ।
बाँदरको समस्या बढ्यो, विकल्प के ? पोखरामा छलफल
हिमाली आवाज । ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ ।
सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए ।
ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने बताउनुुभयो ।
ग्रिन गभर्नेन्स नेपालले मानव वन्यजन्तुु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई धपाउने जस्ता विभिन्न विकल्पबारे अध्ययन गरिरहेको उहाँले जानकारी दिनुुभयो ।
बाँदर प्रकोपको विकल्पमा कागती, खुुर्सानी, अदुुवा जस्ता विभिन्न बैकल्पिक खेती गर्न सकिने बताउँदै उहाँले ती खेतीको प्रविधि बारे चर्चा गर्नुुभयो ।
उहाँले बन्यजन्तुुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० लगायतको कानुुनी व्यवस्था बारे जानकारी गराउनुुभयो ।
सिड फाउन्डेशन नेपालका निर्देशक दामोदरभक्त थापाले बाँदर प्रकोप कम गर्नका लागि उनीहरूले खाने फलफूलका बोट सहित बाँदर बगैंचाको अवधारणा अघि सानुुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा मादी गाउँपालिका वडा नं १२ लिपेपानीका गिरेन्द्र गुुरुङले बाँदर तर्साउने बन्दुक बारे जानकारी गराउनुुभएको थियो । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालले बाँदरले खेतीमा पार्ने गरेको असरबाट जोगिन कुरिलो खेती ,ुसिप्लीकान खेती जस्ता विभिन्न विकल्प अपनाउने सकिने सुुझाव दिनुुभयो ।
उक्त अवसरमा सहभागीले बाँदरका कारण पर्ने गरेका समस्या बारे आ आफ्ना धारणा राख्नुुभएको थियो ।