हिमाली आवाज । नेपाली काँग्रेस निकट किसान संघ पोखरा महानगर पालिका वडा ६ को अध्यक्षमा ओमनाथ अधिकारी चयन हुनुभएको छ । संघको विहीबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा नारायण पोखरेल, सचिव मोतिराज कोइराला, सहसचिव विष्णु प्रसाद पहारी र कोषाध्यक्षमा पार्वती पौडेल चयन हुनुभयो । यसैगरी सदस्यहरूमा लक्ष्मी प्रसाद पहारी, सिता पौडेल र हिरा पौडेल चयन भएको नेपाली वडा इकाई ६ का सचिब प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मघु) ले नेपाली काङ्ग्रेसले किसानको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी सरकारले कार्यक्रमको व्यवस्था गर्न गर्नुभयो ।
उहाँले रासायनिक मलको मूल्यवृद्धि अविलम्ब रोकिनुपर्ने र दीर्घकालीन योजना बनाई खेतीको समयमा रासायनिक मलको अभाव हुने अवस्थाको सधैँका लागि अन्त्य गर्न माग गर्नुभयो ।
नेपाल किसान संघ कास्कीका अध्यक्ष पुण्डरी प्रसाद बरालले देशमा रासायनिक मलबिना खेती गर्न सकिने गरी प्राङ्गारिक खेती र दिगो कृषिलाई प्रवर्द्धन गर्नुपर्नेका जोड दिनुभयो ।
नेपाल किसान संघ क्षेत्रीय सभापति रवि अधिकारी ले कृषि औजार र बीउबिजनको मूल्य वृद्धि नियन्त्रण गरि कालोबजारी गर्नेमाथि सरकारले कडा कारबाही गरि उपभोक्ता र उत्पादक सहकारीहरू मार्फत सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल किसान संघ बैदामका अध्यक्ष लोकराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इकाई सभापति सन्तोप पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेश संघ गठन विभागका उप प्रमुख प्रभा पौडेल सुवेदी र नेपाल तरुण दलका केन्द्रिय सदस्य लक्ष्मण पहारी लगायतका वक्ताहरूले नेपाली काङ्ग्रेसको पहिलो प्राथमिकता नै किसानहरूको हकहितमा हुनु पर्नेमा जोड दिनुभयो ।