कास्कीमा विपद्मा परेर हालसम्म १४ जनाको मृत्यु,चार करोड बढीको क्षति

हिमाली आवाज । यस वर्षको मनसुन सुरुभएपछि विभिन्न विपद्का घटनामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । उनीहरु सबै जना पहिरामा परेका हुन् । घटनामा छ जना घाइते भएका छन् । यसबीचमा जिल्लामा बाढी पहिराका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विपद्मा परेर पोखरा महानगरपालिकामा १२ र मादी गाउँपालिकामा दुई जनाको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका गत असार २७ गतेको पहिरामा परी स्थानीय कुल बहादुर परियारका परिवारका छ सहित सात जनाको ज्यान गएको थियो ।
पहिरामा परेर कुलबहादुर सहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी ५६ वर्षीया राधिका परियारको मृत्यु भएको थियो ।

यसैगरी सोही रात पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह«विसेमा ४० वर्षीया आरती ओझोको घर पहिरामा पुरिदा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र नौ वर्षीय प्रतिक सुवेदी मृत्यु भएको थियो ।

यसैगरी असार २७ गते रातिको पहिरामा मादी गाउँपालिका–११ ताप्लेमा पहिरामा परेर ८० वर्षीया माइती कुमारी गुरुङको ज्यान गएको थियो ।

गत असार २६ गते पोखरा महानगरपालिका–२७ का २२ वर्षीय भीमबहादुर थापाको घरमै सुतेको अवस्थामा पहिरामा परेर निधन भएको थियो ।गत असार १२ रातिको घटनामा कास्कीको मादी गाउँपालिका–५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको थियो । सोही दिनको घटनामा पोखरा महानगरपालिका–२७ आरुपाटाका ३१ वर्षीय हरि सुनारका छोरा तीन वर्षीय अनमोल सुनारको पहिरामा परेर ज्यान गएको थियो ।

प्रहरीका अनुार पहिराका कारण जिल्लामा १४ वटा घर पूर्ण क्षति र नौ वटामा आंशिक क्षति पुगेको छ । पहिराका कारण एक वटा चौपायाको मृत्यु हुँदा चार वटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । यसैगरी अविरल वर्षाका कारण दुई जना मानिस घाइते भएका छन् ।

अविरल वर्षाका कारणले पाँच वटा चौपायको मृत्यु र दुई वटा घाइते तथा एक हजार नौ सय २० वटा पञ्क्षीको मृत्यु भएको छ । प्रनाउ शर्माका अनुसार विपद्बाट जिल्लामा अन्दाजी रु चार करोड आठ लाख ८१ लाख हजार दुई सय २० बराबरको सम्पत्ति क्षति भएको छ ।

Comments
Loading...