नेकपा(एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीको शपथ

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नेकपाका सस्थापक महासचिव पुस्पलालको ४६ औं स्मृति दिबसको अबसरमा शपथ समारोह गरिएको हो । गत जेठ २८ गते सम्पन्न  माछापुच्छ्रे गाउँपालिका कमिटीको दोस्रो अधिबेशनबाट निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्य कम्रेडहरु र लेखा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराइएको थियो ।

निर्वाचित कमिटीलाई कमिटीका अध्यक्ष बिक्रम गुरुङले कमिटीका पदाधिकारी सहित ५९ जनालाई शपथ ग्रहण गराउनु भयो भने लेखा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई लेखा कमिटी अध्यक्ष पदम नेपालले शपथ गराउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा(एमाले)का पोलिटब्युरो सदस्य जगत बहादुर विश्वकर्माले पार्टी थप मझबुत बनाउदै गाउँपालिका कमिटीले काम गर्नेछ भने बिश्वास व्यक्त गर्नुभयो । आगामी स्थानीय तहको निर्वाचनमा माछापुच्छ्रेमा एमालेको जित सुनिश्चित गर्ने गरी लाग्न उहाँले निर्देशन दिनुभयो ।
नेकपा(एमाले) गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीले संगठन निर्माण र सुदृढीकरण सगसगै पार्टीलाई मजबुत बनाउन कमिटी लाग्न सुझाव दिनुभयो । उहाँले पार्टी निर्माणमा सस्थापक महासचिव पुस्पलालले भन्नुभएको भनाइलाई मनन गर्दै पार्टीलाई ब्यबस्थित गर्दै मिसन ८४ लक्षित कार्ययोजना निर्माण गर्न कमिटीलाई सुझाव दिनुभयो ।

पार्टी केन्द्रीय सदस्य तथा पालिका ईन्चार्ज राजिब पहारिले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने र एकताबद्ध भई अगाडि बढनुपर्ने भनाई व्यक्त गर्नुभयो ।
गाउँपालिका कमिटीका अध्यक्ष विक्रम गुरुङले पार्टीको कामलाई थप ब्यबस्थित गर्न पार्टीको आफ्नै भवन कार्याकाल भित्र बनाउने योजना रहेको बताउनुभयो । उहाँले माछापुच्छ्रे बिकासमा पार्टीको घोषित नीति अनुसार भौतिक र सामाजिक सगसगै जनतालाई उत्पादनसँग ोड्ने खालका योजना निर्माण गरि लाग्ने बताउनु भयो ।

उपाध्यक्ष पूर्णबहादुर शाही ( नवराज )ले स्वागत गर्नुभएको शपथ समारोहको सञ्चालन सचिव ऋषि गौतमले गर्नेभएको थियोे । नवनिर्वाचित कमिटिलाई प्रमाणपत्र र पुरानो कमिटी लाई सम्मान पत्र समेत नवनिर्वाचित कमिटी प्रदान गरेको उपसचिव माधब गौतम (अमिट) जानकारी दिनुभयो ।

Comments
Loading...