बाढी पहिरामा मृत्यु हुनेको संख्या एक सय ३१ पुग्यो

हिमाली आवाज । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ३१ जनाको मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३१ जनाको मृत्यु भएको हो।

साथै काठमाडौँ उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४४ जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ९ जना वेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५ सय ९४ वटा चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ४ घर परिवार विस्थापित भएका छन्।

Comments
Loading...