रेवान पोखराद्धारा पाँच दिने एडभान्स वेकरी तालिम आयोजना

हिमाली आवाज । रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न भएको छ ।
पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टहरुमा कार्यरत कुकहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

समापन समारोहमा कलेजका अध्यक्ष एवम अग्रज पर्यटन व्यवसायी अशोक पालिखेले पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकलाई गुणस्तरीय स्वाद र आतिथ्यताका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले जति धेरै तालिम दिन सकियो उत्तिनै दक्ष जनशक्ति उत्पादन हुने र त्यसको फाइदा पोखराको पर्यटनले लिन सक्ने बताउनुभयो ।

अध्यक्ष पालिखले ािँच दशक अगाडि पाउरोटीको स्वाद आफुले लिएको स्मरण गर्दै अहिले अन्तराष्ट्रिय स्तरका वेकरीलाई सहजै उत्पादन गरेर पाहुना माझ पुर्याउन अवसरहरु मिलेको बताउँदै तालिमको महत्वमा जोड दिनुभयो ।

तालिममा सहभागी तारा श्रेष्ठ आफ्नो अनुभव राख्दैतालिमले आफुहरुको क्षमतामा निखारसँगै गुणस्तरीय वेकरी आइटम बनाउने नयाँ तरिका बारे जानकारी लिन सफल भएको बताउनुभयो । तालिमले आउने दिनमा व्यवसायिकरूपमा अघि बढ्न थप सहयोग पुग्ने उहाँको भनाई थियो ।
अर्का सहभागी सृजना अधिकारीले तालिमका व्यावहारिक पक्ष र प्राविधिक ज्ञानले आफूलाई बेकरी उत्पादनमा आत्मविश्वास बढाएको धारणा राख्नुभयो ।

नेदरल्याण्डका वेकरी प्रशिक्षक सोड जलेमाले नेपाल आएर आफ्नो ज्ञान बाड्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले बेकरी तालिमका सहभागीको सक्रियताले आफुलाई सिकाउन आनन्द लागेको बताउँदै यस प्रकारको तालिमले स्थानीय व्यवसायलाई मात्र नभइ समग्र पर्यटन क्षेत्रले नै लाभ लिन सक्ने बताउनुभयो ।

तालिमका संयोजक वसन्त गौतमले लेकसाइडका रेष्टुरेण्डको सेवालाई गुणस्तरीय बनाउन हाइजनिक र स्वादिलो बेकरी उत्पादनको आवश्यकतालाइ ध्यान दिदै तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै व्यवसायिकतामा जोड दिनुपर्ने बतााउनुभयो । उहाँले हरेक क्षेत्रमा दक्ष जनशक्ति खाँचो औल्याउँदै बेकरीसम्बन्धि एडभान्स तालिमले स्थानीय व्यवसायको प्रोत्साहन र रोजगारीको सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

समापन समारोहका सभाध्यक्ष एवम रेवानका नि. अध्यक्ष लक्ष्मण बरालले रेवानले गुणस्तरीय वेकरी उत्पादनका लागि निरन्तर दक्ष जनशक्ति जोड दिएर विभिन्न तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो । रेवानका महासचिव विकास भटराईले पोखराको पर्यटन प्रवद्र्धनमा रेवान लामो समयदेखि सक्रिय रहेको जनाउँदै यस्ता तालिम निरन्तर गर्ने बताउनुभयो ।

Comments
Loading...