बुद्धिचाल प्रतियोगितामा इश्वर च्याम्पियन

हिमाली आवाज । पोखरामा सम्पन्न २० वर्षमूनिको बुद्धिचाल प्रतियोगिताको उपाधि इश्वर घिमिरेले जित्नुभएको छ । यही साउन ४ गतेदेखी सञ्चालन भएको प्रतियोगिता आज समापन भएको हो ।

अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे) को एक सय औं वर्षको अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै इश्वरले उपाधि जित्नुभयो ।

हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा–१७ विरौटामा भएको प्रतियोगितामा इश्वरले कूल आठ अङ्क प्राप्त गर्नुभएको थियो ।
यसैगरी कौशल थापा द्धितीय तथा अनिज पोखरेल तृतीय हुन सफल हुनुभयो । विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी यु–१६ तर्फ संगम सिम्खडा, यु–१४ तर्फ सङ्कल्प श्रेष्ठ र यु–१० तर्फ प्रसंशा भण्डारीले उपाधि जित्नुभयो । प्रतियोगितामा हार्दिक पौडेल अनुशासित खेलाडी घोषित हुनुभयो भने प्रशंसा भण्डारी महिला विजेता भएकाले नगद पुरस्कार पाउनुभयो ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारी, पोखरा महानगरपालिका बुद्धिचाल सङ्घका अध्यक्ष चन्द्र गुरुङ लगायतले पुरस्कार वितरण गर्र्नुभएको थियो ।

प्रतियोगितामा प्राप्त गर्ने अङ्क अन्तर्राष्ट्रिय बुद्धिचालको वरियतामा समेत रहनेछ । अर्थात खेलाडीले प्राप्त गरेको अङ्क विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वरियता) मा समावेश हुने आयोजकले जनाएको छ ।

Comments
Loading...