पोखरामा टिभिएसको आधिकारिक बिक्रेता स्क्वायर मोटर्स, नयाँ शोरुम उद्घाटन गरिदै

हिमाली आवाज । टिभिएस टु ह्विलर्सको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता स्क्वार्स मोटर्सले आफ्नो नयाँ शोरुम सञ्चालन ल्याएको हो छ । पोखराका स्थापित युवा व्यवसायीद्धय आदर्शमान श्रेष्ठ र विनोद पोटेले हालै स्क्वायर्स मोटर्स कम्पनी स्थापना गरेर टिभिएसको बिक्री स्वामित्व लिनुभएको हो ।

पोखराको नयाँबजारमा सञ्चालनमा ल्याइएको शोरुमको यही असार २६ गते भव्य उद्घाटन गरिने स्क्वायर मोटर्स प्रालिका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

टिभिएस शोरुममै सेल्स, सर्भिस र स्पेयर्स पार्टस्को सुविधा उपलव्ध हुने श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“गण्डकी धौलागिरि क्षेत्रमा सर्वाधिक बिक्री हुने ब्राण्ड हो टिभिएस । ग्राहकले धेरै मन पराइदिनुभएको छ , यसैले ग्राहकलाई सुविधा दिने उद्धेश्यले एकै स्थानमामा थ्रि एस सर्भिस दिँदैछौँ ।” टिभिएसको नेपालको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्स रहेको छ ।

Comments
Loading...