हिमाली आवाज । पोखरामा नौ वर्षीय बालकको डुबेर मृत्यु भएको छ । हिजो साँझदेखी हराएका पोखरा महानगरपालिका वडा नं.३३ बरपौवा बस्ने लक्ष्मण बि.कको छोरा नौ वर्षीय गणेश बिकको सोही ठाउँसिथत निर्माणाधीन पुल बनाउन जग खनेको खाल्डोमा आज शव फेला परेको हो ।
प्रहरीले खोजतलासको क्रममा सोही ठाउँको कदम बोटे सुरौती खोला पुरलिङ जोड्ने निर्माणधिन पुल बनाउन जग खनेको खाल्डोमा पानी जमेको र उक्त खाल्डोमा निज बालकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कालिका गण मालेपाटनबाट उद्दार टोली खटिई गई खोजतलास गरिएको थियो । मृतकको शव परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।