श्रीराम सिग्देल ⁄ हिमाली आवाज
नेपाल वितरक महासंघ, गण्डकी प्रदेश समितिको आज पोखरामा सम्पन्न भएको दोस्रो साधारणसभा तथा अधिवेशनले बद्री ढुङ्गानाको अध्यक्षतामा १३ सदस्सीय समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा रमेश अधिकारी , उपाध्यक्षमा मनोज अधिकारी, महासचिवमा सुरेन्द्रकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा बिजेन्द्र शर्मा पौडेल चयन हुनुभयो । समितिका कार्यसमिति सदस्यहरुमा जितबहादुर खनाल, गुरुप्रसाद नेपाल, ज्ञानेन्द्र गौतम,निरज श्रेष्ठ, हेमन्त बानियाँ, राजाराम शर्मा र बालकृष्ण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो ।
समितिमा निवर्तमान अध्यक्ष तेजेन्द्र पौडेल सहित प्रत्येक जिल्ला तथा नगर संघका अध्यक्षहरु पदेन सदस्य रहने प्रावधान रहेको निर्वाचन समितिका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन समितिमा दिलिपकुमार श्रेष्ठ र कृष्णप्रसाद शर्मा सदस्य रहनुभएको थियो ।

यसअघि अधिबेशनको उद्घघाटन गर्दै नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तले वितरक महासंघमा ४३ जिल्ला शाखा र तीन हजार सदस्य रहेको भन्दै ७७ जिल्लामा नै महासंघको शाखा पुर्याउने र हजारौं वितरकहरु बढाईने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले बिभिन्न उध्योग प्रतिस्ठानबाट उत्पादन हुने उपभोग्य सामाग्री बजार सम्म पुर्याउने काम वितरकले गर्ने भयकोले यस बिषयमा कम्पनिहरुले पनि आवश्यक सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
महासंघका निवर्तमान अध्यक्ष सुरेश अधिकारीले अहिले हरेक ब्यवसाय संकटमा रहेको भन्दै व्यवसाय सफल रुपमा अगाडी वढाउन सबै वितरकहरु एकतावद्ध भइ अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले महासंघका सदस्यहरुका यावत समस्या ज्यु का त्यु रहेकोले समस्याको समाधान हामी सवै एक भयर गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो । महासंघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्यले संस्था स्थापना गर्नुका विविध पक्षबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल वितरक महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष तेजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद गौतम, नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल,मदिरा ब्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष गोविन्द के सी, अधिकृत विक्रेता संघ दमौली शाखा अध्यक्ष हरि खड्का, महासंघका उपाध्यक्ष रमेश अधिकारी तथा महासंघका महासचिव मनोज अधिकारी लगायतले नेपाल वितरक महासंघले गर्नु पर्ने काम तथा आगामी दिनमा महासंघले सदस्यहरुको संरक्षण, कर्तब्य र ब्यवसायिक अधिकारका बिषयमा आ आफ्ना धारणा राख्नुभएको थियो ।