सगरमाथा स्कुलमा निशुल्क दन्त शिविर:७ सय ५० विद्यार्थीको उपचार

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित सगरमाथा निकेतन विद्यालयमा आज दन्त परिक्षण शिविर सम्पन्न भएको छ । सो अवसरमा विद्यालयका ७ सय ५० विद्यार्थीनको निशुल्क दाँतको उपचार गरिएको थियो ।

विद्यालयले पोखराको अर्किड डेन्टल एण्ड अर्थोडन्टिक सेन्टर सँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको छ । दन्त शिविरका लागि डाक्टर अन्जना कर्माचार्यको नेतृत्वमा दन्त चिकित्सकको टोलीले उपचार गराएको हो ।

विद्यालयका प्राचार्य दिलिप शर्मा भट्टराईले पछिल्लो समय बालबालिमा हुने दाँत सम्बन्धीका समस्या पहिचान गर्नुका साथै त्यसको निराकरणका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

“विद्यार्थीहरुको स्वास्थ्यको अवस्थाका बारेमा थाहा पाउन समय समयमा बिभिन्न प्रकारको शिविर गर्दै आएको छौँ ।”प्राचार्य भट्टराईले भन्नुभयो । विद्यालयले यो पटक भने विद्यालयभित्रै दन्त शिविर गरेको उहाँले बताउनुभयो ।

परीक्षणमा अधिकांश बालबालिकाको दाँतमा किरा लागेको र गिजामा समस्या देखिएको परीक्षणमा संलग्न दन्तचिकित्सकहरुले बताएका छन् । शिविरमा बालबालिकाको दन्त परीक्षणका साथै दाँत स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रमहरु पनि आयोजना गरिएको अस्पतालले जनाएको छ ।

Comments
Loading...