हिमाली आवाज । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशले कास्कीको माछापुच्छ्रे गाउपालिकामा निर्जिवन विमा सम्बन्धी अन्तरक्रिया सम्पन्न गरको छ ।
माछापुच्छ्रे गाउँपालिका कार्यालय लाहाचोकको सभाहलमा सरोकारवालाहरुसग विमाको महत्व, विमा दावी, भुक्तानी, प्रिमियम लगायतका विषयहरुमा छलफल गरिएको हो । स्थानीय स्तरमा बीमाको पहुँच विस्तार गर्न तथा बीमाको औचित्य सम्बन्धमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका गण्डकी प्रदेश प्रमुख बिष्णुराज पौडेलले कम्पनीको बारेमा परिचय दिँदै निर्जिबन बिमा कम्पनिले गर्ने बिमाहरुको बारेमा र कृषि तथा पशुपन्छी बिमाको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले ग्रामिण क्षेत्रमा विमाका बारेमा अझै प्रचार प्रसारको खाँचो रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले पनि आगामी दिनमा बिमाका बारेमा प्रशिक्षणमुलक कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक जनरल मेनेजर ( नेशनल को–अर्डिनेटर ) कविराज पौडेलले कृषि तथा पशुपन्क्षी उत्पादनमा माछापुच्छ्रे गाउँपालिका अग्रणी रहेको बताउँदै यहाँका नागरिकलाई विमामा जोड्दै जोखिम न्यूनीकरणमा सहयोगको खाँचो औल्याउनुभयो । उहाँले गाउपालिकामा के के बिमा गर्न सकिन्छ र गाउपालिकाले बिमा मार्फत पालिकाका नागरिकहरुलाई दिन सक्ने सुविधाका बारेमा उल्लेख गर्नुभयो ।
कार्यक्रममा माछापुच्छ्रे गाउपालिकाका अध्यक्ष गुरुङ सहित उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकिय प्रमुख गोपीकृष्ण अर्याल, कार्यपालिका सदस्यहरु, गाउपालिकामा कार्यरत बिभागिय प्रमुखहरु, बैंक तथा बित्तिय सस्थाका कर्मचारीहरु, कृषकहरु गरि ४५ जनाभन्दा बढीको सहभागिता थियो ।
सो कार्यक्रमको सञ्चालन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका पोखरा शाखा २ प्रमुख अतित पोखरेलले गर्नुभएको थियाे । यस कार्यक्रमले आगामी दिनहरुमा स्थानीय जनताहरुले बीमाको आवश्यकता र महत्वलाई महसुश गर्दै बीमामा सहभागि हुने अपेक्षा गरिएको पाेखरेलले बताउनुभयो ।