क्षेत्री समाज नेपालको चौथो महाधिवेशन दमौलीमा चैत २५ देखि हुँदै

हिमाली आवाज । क्षेत्री समाज नेपालले चौथो केन्द्रीय महाधिवेशन गर्ने भएको छ । यही चैत २५ र २६ गते दुई दिन कन्द्रीय महाधिवेशन तनहुँको दमौलीमा आयोजना गरिने क्षेत्री समाजका अध्यक्ष प्रा.डा.दीलबहादुर क्षेत्रीले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको तयारीलाई तीव्र बनाइएको छ ।

सो महाधिवेशन सम्पन्नका लागि वर्तमान केन्द्रीय कार्यसमिति आयोजक समिति रही स्थानीय आयोजक व्यवस्थापनका लागि तनहूँ जिल्ला समिति मातहत विभिन्न उप–समितिहरु गठन गरिएको महासचिव केश बहादुर केसीले बताउनुभयो ।

महाधिवेशनको पहिलो दिन दमौली बजारमा सारुन नाच, सांस्कृतिक प्रस्तुती सहितको र्याली निकालिनेछ ।दमौलीको खुल्ला मैदानमा उद्घाटन शत्र, बन्द शत्र र नेतृत्व परिवर्तनका लागि निर्वाचन कार्यक्रम हुने बताइन्छ ।  उपाध्यक्ष कृष्ण थापाले विविध विषयमा जानकारी दिदैं महाधिवेशनको आम सञ्चारको माध्यमबाट प्रसारण र प्रकाशनका गरिदिन आग्रह गर्नुभयो ।

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल मन्त्रसहित वि.सं. २०५३ देखि आम खस क्षत्रीहरुको साझा संस्थाको रुपमा क्षत्री समाज नेपाल निरन्तर सकृय रहँदै आएको छ ।

समाजको स्थापनादेखि पोखरामा केन्द्रीय कार्यालय रही देशभर समाजको समितिहरु निर्माण अन्तर्गत केन्द्र, विभिन्न समाजहरु प्रदेश, जिल्ला, नगर, गाउँ र वडास्तरसम्म समाजको गतिविधिलाई क्षेत्री समाजले अगाडि बढाइरहेको छ ।

Comments
Loading...