हिमाली आवाज । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज राइजिङ स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरी आर्मी अन्तिम आठमा प्रवेश गर्न सफल भयो ।खेलको २७ औँ मिनेटमा आर्मीका भरत खवासले गरेको एक मात्र गोल टोलीलाई अघिल्लो चरण पु¥याउन निर्णायक बन्यो भने राइजिङ आफ्नो पहिलो खेलबाटै बाहिरियो । पेनाल्टीबक्समा भरतले हेड गर्दै बललाई पोष्टको दिशा दिनुभएको थियो ।
प्रतियोगितामा भोली मच्छिन्द्र क्लब र जावलाखेलबीच तेस्रो प्रिक्वाटरफाइनलको खेल हुनेछ । यही माघ ९ गतेदेखी सुरु भएको प्रतियोगिताको फाइनल खेल आगामी माघ २० गते हुनेछ ।
प्रतियोगिताको विजेताले रु १२ लाख एक हजार नगद सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा एक विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ ।