हिमाली आवाज । माता तालबाराही सेवा समिति पोखरा— ६ बैदामको अध्यक्षमा ढाका बहादुर थापा हुनुभएको छ ।
आरतिको शनिबार सम्पन्न छैठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले आगागी दुई बर्षे कार्यकालका लागि थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसैगरी उपाध्यक्षमा जुना अधिकारी, सचिब महेश्वर पहारी, कोषाध्यक्ष मदन राज न्यौपाने चयन हुनुभयो ।
सदस्यहरुमा ज्ञान बहादुर कार्की , कमला बज्राचार्य,पुष्ष पहारी, नानी कोइराला, हिरु पुन, गोकण अधिकारी, दिनदयाल पाण्डे, रामकृष्ण अर्याल र गुरुदत्त कोइराला चयन हुनुभएको छ । पन्ध्र सदस्यीय कार्यसमितिमा दुई सदस्य संचालक समितिले चयन गर्ने प्राबधान रहेको निर्वाचन संयोजक तथा अधिवक्ता भगवति पहारीले जानकारी दिनुभयो ।
संस्थाको निर्वाचन सम्पन्न गर्नेका लागि कानुनि सल्लाहकार भगती पहारीको संयोजकत्वमा गणेश पहारी र अनिल थापा रहेको तिन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवंम प्रतिनिधि सभा सदस्य दामोदर “बैरागी” पौडेलले सुन्दर नगरी “पोखरा” भ्रमणको गनतब्यमात्र नरही धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस बैदिक सनातन धर्मको प्रचार प्रसार विश्वभरी नै फैलियोस र सकरात्मक उर्जा श।िक्त प्राप्त होस, भन्ने भावनाले स्थापना भएको आरतिले पर्यटन क्षेत्रको विकासमा महत्वपूण योगनदान गरेको बताउनुभयो ।
गण्डकी प्रदेश सासद प्रकाश बरालले “धमर्, पुन्य कर्म गरि सके पछि कुनै कारण पूजा आजामा कतैबाट भुलबस छुट भएमा भएका भुल र छुटलाई मेटाउनका लागि आरति माताको आरति गरि सन्धाकालिन आरति गरेमा मुक्ति मिल्ने जनविश्वास रहेको बताउनुभयो।
गण्डकी प्रदेशका निर्वतमा सासद राजिब पहारीले पोखराका फेवातालको किनारमा श्री ताल बाराही देवि माताको सम्मुख रहेर गरिएको सन्धाकालिन आरितिले पोखरामा पर्यटकको बसाई लम्बाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
अध्यक्ष मंगल बहादुर नेपालीले ‘पशुपति नाथ मन्दिरमा गरिने सन्धाकालिन आरिति पछिकोे महाआरति पोखराको फेवाताल किनारमा गरिने आरति दोस्रो ठुलो आरति’ रहेको दावी गर्दे, पोखरामा पर्यटक्रीय बसाई लम्वाउन महत्वपूर्ण भएको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष थापाले पोखरामा पर्यटकको बसाई लम्वाउन सन्धाकालिन आरतिले खेलेको भुमिकाको स्मरणं गर्दै, आरति सेवा समिति सदैब अग्रजहरुको रायसुझाब सहित पर्यटककीय संस्थाहरु सग हातेमालो गर्दै अगाडि बढने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष ढाका बहादुर थापा सचिब तुलसी दाहाल, पोखरा महानगरपालिका वडा न ६ वडा सदस्य बासु बराल, तालबाराही मन्दिर ब्यपस्थापन समितिका अध्यक्ष प्रशुराम पहारी, फेवा ढुङा ब्यवसायी उपाध्यक्ष तुलबहादुर गुरुङ,नौलो घुम्ती नेपालका अध्यक्ष बद्रीबिनोद प्रतिक, निवर्तमान अध्यक्ष गिरिराज अधिकारी,कास्की रेडक्रसका उपाध्यक्ष उर्मिला कार्की, कानुनी सल्लाहकार सुश्मा पौडेल ससचिब भेषराज अधिकारी, कोषाध्यक्ष मदनराज न्यौपाने, अन्नपूर्ण आमा समुह पोखरा ६ बैदामकी अध्यक्ष रेणु लामिछाने, महिला पर्यटन मञ्चकी अध्यक्ष उमा भन्डारी र आरति गुरु रामकृष्ण अर्याल, लगाएतका बक्ताहरुले बिषम परिस्थिीतिमा पनी आरतिलाई निरन्तरता दिनु महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।