माछापुच्छ्रे पोखरा ओपन टेनिस:संरक्षक र सुनिरालाई उपाधि

हिमाली आवाज । नेपालका शीर्ष बरियताका खेलाडी प्रदीप खड्कालाई पराजित गर्दै संरक्षक भूषण बज्राचार्यले २० औं संस्करणको ‘माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस’ प्रतियोगिताको उपाधि जित्नुभएको छ ।

पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा सम्पन्न फाइनलमा पुरुष एकलतर्फ १८ औं र १९ संस्करणका च्याम्पियन खड्कालाई ‘टाइब्रेक म्याचमा’ २–१ ले हराउँदै संरक्षकले उपाधि आफ्नो पोल्टामा पार्नुभयो । खड्काको भने आफ्नै ‘होम ग्राउण्ड’मा उपाधि ह्याट्रिकको सपना पूरा हुन सकेन ।

फाइनलमा प्रदीप विरुद्ध पहिलो सेट ६–४ ले जित हात पार्नुभएका संरक्षकले दोश्रो सेटमा भने २–६ ले प्रदीपलाई नतिजा सुम्पिनुभयो । तेस्रो तथा अन्तिम सेटमा संघर्षपूर्ण जित निकाल्दै च्याम्पिन बनेर नगद रु ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनुभयो ।
उपविजेता प्रदीपले नगद रु ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्दा सोही इभेन्टमा सेमिफाइनालिष्ट द्वय ऋतिक राना र अभिनन्सु ठाकुरले जनही नगद रु पाँच÷पाँच हजारका साथमा मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनुभयो ।

यसैगरी महिलाएकलतर्फ गत संस्करणका समेत च्याम्पियन नेपालका शीर्ष वरियताका अभिलाषा विष्टलाई सुनिरा थापाले टाइब्रेकमा पराजित गर्नुभयो ।सुनिराले पहिलो सेट ६–० ले अभिलाषालाई सुम्पिए पनि दोश्रो सेट सम्हालिएर खेल्दै ६–१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किनुभयो ।
अन्तिम सेट ६–४ ले जिते पछि अभिलाषाको दोश्रो पटक च्याम्पियन हुने सपना पूरा हुन सकेन । च्याम्पियन सुनिराले नगद रु ८० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनुभयो भने उपविजेता विष्टले रु ४० हजारमा चित्त बुझाउनुपर्यो ।

यसैगरी ३५ वर्ष माथिको भेट्रान्स पुरुष एकलतर्फ कमल भण्डारीले उपाधि जित्नुभयो । फाइनलमा सन्तोष खत्रीलाई ७–५ र ६–४ ले पराजित गरी कमलले नगद रु रु ६० हजार पुरस्कार पाउनुभयो । उपविजेता सन्तोषले नगद रु ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नुभएको छ ।
४५ वर्ष माथिको भेट्रान्स पुरुष एकलतर्फ रोहित सुनुवारले फाइनलमा महेश श्रेष्ठलाई सुपरटाई म्याचमा हराउँदै उपाधि जित्नुभयो ।

पहिलो सेट ५–७ ले गुमाउनुभएका रोहितले दोश्रो सेट सहज रुपले ६–१ ले जित्दै खेल बराबरीमा ल्याउँदै सुपरटाईतर्फ खेल धेकिलिंदा रोहितले १०–७ ले खेल जित्न सफल हुनुभयो । उपाधि जितेका रोहितले नगद रु ४० हजार, उपविजेता महेशले नगद रु २० हजार पुरस्कार पाउनुभयो ।
यसैगरी ५५ वर्ष माथिको पुरुष एकलतर्फको उपाधि बिमल कुमार गुरुङले जित्नुभयो । फाइनलमा जीवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै बिमलले नगद रु ३० हजार पुरस्कार पाउनुभयो भने उपविजेता जिवनले नगद रु १५ हजार पाउनुभयो ।

प्रतियोगिताका बिजेता खेलाडीहरुलाई मुख्य प्रायोजक माछापुच्छ«े बैंकका निर्देशक बन्दना केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योती राणा, कास्की खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस १० गते देखि सुरु भएको प्रतियोगितामा महिलातर्फ १३ र पुरुषतर्फ दुई सय तीन जना गरी दुई सय १६ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता निर्देशक राजन पौडेलले जानकारी दिनुभयो ।

Comments
Loading...