हिमाली आवाज । तनहुँको ऋषिङ गाउँपालिका वडा नं ५ रुपटारस्थित पवित्र कालीगण्डकी नदी किनारामा अवस्थित गर्गेश्वर मन्दिरमा भोली मंसिर ७ गते ठूला एकादशीका अवसरमा भव्य मेलाको तयारी गरिएको छ।
सनातन हिन्दु धर्म र महादेवको महिमालाई पछिल्लो पुस्तासम्म व्यापक बनाउँदै प्राचिन धार्मिक तथा सांस्कृतिक आस्थाको सम्वद्र्धन गर्ने उद्धेश्यलले मेला आयोजना गरिएको धार्मिक अनुष्ठान मूल आयोजक समिति तथा गर्गेश्वर युवा क्लबले जनाएको छ । मेलामा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ(एकाह)को समेत आयोजना गरिएको छ ।
मेलाका अवसरमा गर्गेश्वर मन्दिरदेखी कालीगण्डकी नदीमा तोरण तारिने,१४ जना ब्रामणद्धारा महापुराण बाचन,अखण्ड भजन किर्तन,पञ्चे बाजा तथा बालन नाच,मौलिक झ्यारी नाच,नेवारी भजन तथा चुट्का लगायतका कार्यक्रम समावेश गरिएको पत्रकार समेत रहनुभएका स्थानीयसमाजसेवी प्रकाशचन्द्र गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार तनहुँ तथा आसपासका सबै जिल्लाका श्रद्धालुभक्तजनहरुलाई मेलाका सहभागिताका लागि अनुरोध गरिएको जानकारी दिनुभयो ।