पोखरामा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड,चिनियाँ खेलाडी चार्टड विमानबाट आउने

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नेपाल—चीन अन्तर्राष्ट्रि पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ ।

‘साझा समृद्धिका लागि दौड’ भन्ने मुल नाराका साथ यही मङ्सिर ९ गते हुने प्रतियोगितामा सामूहिक विधामा नेपाल र मित्र राष्ट्र चीनका १०÷१० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा छ सय खेलाडी सहभागी हुने बताइन्छ ।

पोखराको पर्यटन प्रबद्र्धन गर्दै खेलकुद सहरका रुपमा स्थापित गर्न गर्ने उद्धेश्यले चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगिताको सहआयोजकमा युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएशन र होटल एसोसिएशन पोखराले रहेका छन् ।
प्रतियोगितामा सहभागी हुन चीनको यूनान प्रान्तबाट ७८ खेलाडी र अफिसियल गरेर एक सय चार जना चार्टड विमानमार्फत मङ्सिर ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने बताइन्छ । यसैगरी प्रतियोगितालाई सघाउन चिनियाँ स्वास्थ्यकर्मी र प्राविधिक आउनेछन् ।

प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार विधामा प्रतिस्पर्धा हुनेछ ।सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गर्नेछन् ।

दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेताको छिनोफानो हुने संयोजकले पालिखेले बताउनुभयो । सामूहिक विधातर्फको विजेताले रु तीन लाख ६० हजार पुरस्कार पाउनेछन् । द्धितीयले रु दुई लाख ८८ हजार, तृतीयले रु दुई लाख १६ हजार र चौथो स्थान प्रप्त गर्नेले रु एक लाख ४४ हजार पुरस्कार पाउने आयोकजले जनाएको छ ।

यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला पुरुषले जनही रु एक लाख ४४ हजार पुरस्कार पाउनेछन् । उपविजेताले रु एक लाख आठ हजार, तृतीयले रु ५४ हजार र चोथौं देखि सातौंसम्मको रु १८ हजार र दसौंसम्मका धावकले रु नौ हजार पुरस्कार पाउनेछन् ।

लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर विजेताको टुंगो लाग्ने बताईन्छ ।

यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्र÷छात्रालाई जनही रु २५ हजार पाउनेछन् । द्धितीयले रु २० हजार, तृतीयले रु १५ हजार, सान्त्वनाले रु १० हजार र पाँचौले रु पाँच हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक पालिखेले जानकारी दिनुभयो ।

Comments
Loading...