हिमाली आवाज । पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ ।
पोखरा टेलिभिजनको आयोजनामा यही कार्तिक २५ गते पोखरा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना हुने हुन लागेको महोत्सवमा बिभिन्न जातजाती बिषेश तथा समुदाय बिषेशको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सवमा उत्कृष्ट टिमलाई देउसी भैलो च्याम्पियन घोषित गरिने र च्याम्पियन टोलीले अवार्ड सहित रु १५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यसैगरी सहभागी प्रत्येक टिमले नगद पाँच हजार नगद प्राप्त गर्नेछन ।
पछिल्लो समय नक्कल गर्ने सस्कृतिका कारण नेपाली संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएकाले मौलिकता संरक्षणमा जोड दिइएको आयोजक पोखरा टेलिभिजनका प्रवन्ध निर्देशक माधव पनेरुले बताउनुभयो ।
उहाँले भन्नुभयो,“पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ । त्यसैले देउसीभैलोलाई ब्यापक बनाउन र मौलिकता जोगाईराख्न उत्सवको रुपमा मनाउने संस्कृतिको विकास गराउने प्रयास गरेका हौ ।”
महोत्सवका मुल्याङ्गकन समितीका संयोजक बरिष्ठ लोकदोहोरी गायक प्रजापती पराजुलीले मौलिकतालाई महोत्सवका रुपमा नल्याउने हो भने परम्परा र सस्कृती बिलीन हुने अबस्था आईसकेको बताउनुभयो ।
महोत्सवले मौलिकता जोगाउन एक महत्वपुर्ण कदम चालेको उहाँको भनाई थियो । महोत्सवमा दर्शकका लागि निःशुल्क प्रबेशको ब्यबस्था मिलाइएको महोत्सव संयोजक घनश्याम पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवले उठान गर्न खोजेको मुख्य विषयनै मौलिकता र समुदाय विषेशको देउसीभैलो भएकाले पोखरा र आसपासमा खेलिने समुुदाय विषेशको देउसी भैलोलाई सहभागिता गराईने छ ।
महोत्सवमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रबद्र्धकका रुपमा रहेका छन । त्यसैगरि गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय , उद्योग,पर्यटन,बन तथा बाताबरण मन्त्रालयले सहकार्य गरेका छन ।
त्यसैगरि गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रीय बाणिज्य बैक लगायतका संघ सस्थाहरुको सहकार्य रहेको बताइएको छ ।