हिमाली आवाज । विश्व पशुपन्क्षी दिवस आज मनाइदै छ । आज ४ अक्टोबर का दिन विश्व पशु दिवस मनाइन्छ । संसारबाट लोप हुन लागेका जनावरको संरक्षण गर्नुको साथै महत्वको बारेमा जागरूक गराउन हरेक वर्षको ४ अक्टोबरका दिन विश्व पशु दिवस मनाइन्छ ।
हेनरीच जिमरम्यानले सन् १९२५ को मार्च २४ का दिन बर्लिनको स्पोर्टस् प्यालेसमा विश्वमा पहिलो पटक विश्व पशु दिवसको आयोजना गर्नुभएको थियो ।
पर्यावरण संरक्षणमा प्राणी, जीवको आवश्यकता रहन्छ । हिन्दू धमावलम्बीमा पशुलाई देवताको प्रतिकको रुपमा पूजा गर्ने संस्कार रहेको छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको बहानको रुपमा पूजा गर्ने प्रचलन छ ।

तिहार पर्व विशेष गरी पशुमानै केन्द्रित छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतिक मानेर पुजिन्छ । पशुपन्क्षी दिवसको अवसरमा पोखरामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की, पोखरा महानगर पशु शाखा, खाद्य तथा कृषि संगठन, नेपाल भेटेरिनरी एशोसिएन लगायतको आयोजनामा सचेतना फैलाउने उद्धेश्यले कार्यक्रम गर्न लागिएको भेटेरिनरी अस्पताल कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार पशुपन्क्षी निर्देशनालयको हलमा विहान कार्यक्रम हुँदैछ । आजनै रेविज सप्ताहको समापन समेत रहेको छ ।