शहीद वासु र वैरागीको स्मृतिमा पोखरामा वाइसियलको रक्तदान,५८ युनिट रगत संकलन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को युवा संगठन योङ्ग कम्युनिष्ट लिग(वाइसियल) कास्की र पोखरा महानगरले आज पोखरामा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जनयुद्धका महान् शहीदद्धय सुरेश वाग्ले(वासु) र भीमसेन पोखरेल(वैरागी)को २४ औँ स्मृति दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको वाइसियल कास्कीका इन्चार्ज एवं गण्डकी प्रदेशका सहसंयोजक भोजराज पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमममा प्रमुख अतिथि गण्डकी प्रदेशसभाका निर्वतमान सभामुख एवं नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारभ गर्नुभएको थियो । सो अवसरमा नेता अधिकारीले जनयुद्धका शहीदहरुको योगदानका कारण देशमा परिर्वतन भएको बताउँदै शहीदको योगदान कसैले पनि भुल्न नहुने बताउनुभयो ।

वाइसियल कास्कीका अध्यक्ष एंगेल्स कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्र) पोखरा महानगर कमिटीका इन्चार्ज पारशमणि पौडेल, वाइसियल कास्की सचिव रामचन्द्र पौडेल वाइसियल महानगर कमिटीका सहसंयोजक सुनिल लामिछाने लगायतले रक्तदानको महत्व र शहीदको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा रक्तदातालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Comments
Loading...