हिमाली आवाज । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित ’फेष्टिभ डिलाइट २०८०’ योजना सार्वजनिक गरेको छ।
दशैं–तिहार विशेष बनाउन हुन्डाइले विगतका वर्षहरूमा आफ्ना ग्राहकहरूलाई गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ। यस वर्ष पनि यही परम्परा कायम राख्दै एक जना भाग्यशालीले हुन्डाई एसयुभी लक्की ड्रमार्फत गाडी प्राप्त गर्न सक्ने हुण्डाई शोरुम पोखराका अपरेशन इन्चार्ज भिमसिँखत्रीले बताउनुभयो ।
उहाँका अनुसार हुण्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुटका साथै एक वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
खत्रीले भन्नुभो,“हामीले हाम्रा ग्राहकहरूको सन्तुष्टीका लागि सधैं समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आएको छौँ । ” यो योजना मंसिर ३ गतेसम्म लागू हुनेछ। हुन्डाईले आफ्नो सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको निःशुल्क उपलब्ध गराउने जनाएको छ ।