पोखराको फुस्रेखोलामा डुबेर १६ वर्षीय युवकको मृत्यु

हिमाली आवाज । पोखरामा पौडी खेल्ने क्रममा खोलमा डुबेर एक जनाको मृत्यु भएको हो ।

यही साउन ६ गते साँझ ५ः३० बजे पोखरा महानगरपालिका वडा नं.१७ पावरहाउस नजिक फुस्रेखोलामा डुबेर पोखराको बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवरको निधन भएको हो ।

कुँबर पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली र सशस्त्र प्रहरी बल गणबाट समेत गोताखोर टोली खोजीमा जुटेको थियो ।

खोजतलास गर्दा राति ७ः५५ बजे बजे घटनास्थल नजिकै पानीभित्र खोँचमा फेला पारी पारिएकामा पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा पठाईएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Comments
Loading...